दफा २६४
झुत्रो बैङ्क नोट दुरुपयोग गर्न नहुने

(१) मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट झुत्रो भई वा अक्षर, चिह्न वा आकार नचिनिने भई वा अन्य कुनै कारणलेचलन चल्तीमा ल्याउन नहुने भई सडाउने वा जलाउने ठहर भएका झुत्रा नोटहरु कानून बमोजिम अधिकार प्राप्तअधिकारीको आदेशले जलाउने वा सडाउने कर्तव्य भएको व्यक्तिले त्यस्तो बैङ्क नोट चलन चल्तीमा ल्याउन वा त्यसबाटकुनै किसिमको लाभ पाउने वदनियतले नजलाई वा नसडाई राख्न वा कसैलाई दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।